तपाईँ सुन्दै हुनुहुन्छः

भीमफेदी गाउँपालिका– वडामै पुगेर जेष्ठ नागरिकलाई परिचयपत्र

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाका स्थानीय नागरिकले ’सिंह दरबारको अधिकार ,गाउँमा आएको अनुभुति गरेका छन् ।

संघीयताको कार्यानवयनसंगै घर–घरमा सिंह दरवार भन्ने उदेश्य लिएर आएको अहिलेको संघीय संरचनाको सफल कार्यानवयनमा मकवानपुरको भीमफेदी गाउँपालिका लागि परेको छ ।

जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय तहले घरघरमा सिंहदरवारको अनुभुति दिलाउँन गाउँपालिकाका जेष्ठ नागरिकलाई गाउँगाउँमै पुगेर परिचयपत्र वितरण गर्न सुरु गरेको हो ।गाउँपालिकाले गाउँ–गाउँमा गएर जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्दै आएको छ ।

गाउँका सवै टोलमा पुग्न नसकेपनि वडाका केन्द्रमा गएर जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने गरिएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले वताउनुभयो । गाउँपालिकाको भौगोलीक अवस्था बिकट भएकाले जेष्ठ नागरिकहरु गाउँपालिका केन्द्रसम्म आइपुग्न समस्या हुने र उनीहरुले पाउने सेवाका वारेमा समेत जानकारी दिने उदेश्यले अभियान नै सुरु गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिका प्रतयेक वडामा पालै पालो जेष्ठ नागरिक परिचयपत्र वितरण गरिदै आएको वताउँदै अध्यक्ष लामाले भन्नुभयो–‘गाउँमै गएर जेष्ठ नागरिकलाई परिचय पत्र वितरण गर्दै आएका छौ । परिचयपत्र पाउनु मात्र ठुलो कुरा होइन । प्राप्त गरिसकेपछी पाउने सेवा सुविधाका बारेमा विस्तृत रुपमा जानकारी दिएर मात्र आउने गरेका छौ ।’ परिचय पत्र प्राप्त गरिसकेपछी संघिय, प्रदेश र स्थानीय सरकारबाट जेष्ठ नागरिकले पाउने सेवा सुविधाका बारेमा जानकारी समेत दिने गरेको उहाँले वताउनुभयो ।

जनताको सेवामा समर्पित हुँदै जनतालाई हरेक सेवा सुविधा पु¥याउने भनेर जनाप्रतिनिधि बनेको भन्दै उहाँ भन्नु हुन्छ “जेष्ट नागरिकहरुले प्रिचयपत्र संगै सरकारबाट पाउने सेवा सुविधा पाउँदा घरघरमा सिंह दरवार आएको अनुभुति गर्न थालेका छन् ।” जेष्ट नागरिकहरु पनि सरकारी सेवा सुविधा पाउने भए पछि धेरै खुसि भएका छन– उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button