तपाईँ सुन्दै हुनुहुन्छः

संघीय संसदको हिउँदे अधिवेशन आजबाट शुरु हुँदै

काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु हुँदै छ ।

विधेयक अधिवेशनका रुपमा लिइने संघीय संसदको हिउँदै अधिवेशनका लागि संसद सचिवालयले तयारी पूरा गरेको छ ।

संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको पाँचौँ अधिवेशन आज अपरान्ह ४ बजे प्रारम्भ हुनेछ ।

आज उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले कार्यव्यवस्था पराशर्म समितिको बैठक डाक्नुभएको र सभामुखको निर्वाचनका विषयमा पनि सोही बैठकले कार्यतालिका तय गर्न सक्ने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंसीर २५ गते भोलिका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आव्हान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button