२०७९ साल साउन २५ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

फिफा वरियताः नेपाल यथास्थानमा

अजय बम २०७६ पुष ३ गते १८:५४

फिफाको पछिल्लो वरियतामा नेपाली फुटबल टोली यथास्थानमा रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार डिसेम्बरका लागि सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ ।

नेपाल गत महिना पनि यही स्थानमा रहेको थियो । अघिल्लो महिना भने नेपाल तीन स्थान तल झरेको थियो । दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा रहेको छ ।

फिफा वरियतामा १ सय आठौं स्थानमा रहेको भारत दक्षिण एसियाली राष्ट्र मध्ये शीर्षस्थानमा र माल्दिभ्स दोस्रो स्थानमा छ । माल्दिभ्सको फिफा वरियता १ सय ५५ औं स्थानमा रहेको छ ।

फिफा वरियतामा बेल्जियम शीर्षस्थानमा यथावत रहँदा विश्व विजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो र उरुग्वे पाँचौं स्थानमा छ ।

सम्बन्धित