वित्तिय संघियताको अवस्थामा सुधार ल्याउन आर्थिक संरचनामा परिवर्तन गर्ने सरकारको तयारी
काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले वित्तिय संघियताको अवस्थामा सुधार ल्याउनको लागि आर्थिक संरचनामा नै परिवर्तन गर्ने सरकारको तयारी रहेको बताउनु भएको छ ।
संसदको अर्थ समितिले पहिलो चौमासिक समिक्षामा देखिएको बजेट कार्यान्वयनको स्थिति बारेमा छलफल गर्न बोलाएको बैठकमा अर्थमन्त्री खतिवडाले, कर्मचारी संयन्त्रको संरचनागत परिवर्तन गरेर कतिपय वित्तिय ब्यवस्थापन सम्बन्धि नया नियमको आधारमा बजेट कार्यान्वयनका समस्या फुकाउन सरकार लागि परेको जानकारी दिनुभयो ।
व्यापार घाटा कम गर्ने नितिलाई प्राथमिकता दिने तथा निर्माणका कामलाई एकिकृत गरी व्यवस्थित गर्नेतर्फ पनि सरकारको बिशेष जोड रहेको उहाँले बताउनुभयो ।
बजेट कार्यान्यनको चौमासिक समिक्षामा सकारात्मक प्रगति नदेखिएको भन्दै अर्थ समितिले बिकास सम्बद्ध सबै निकाएहरुलाई अन्तिम समयमा खर्च गर्ने परिपाटी बदल्न भनेको छ ।
प्रतिक्रिया राख्नुहोस्