२०७९ साल भदौ ३ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

लोकसेवा आयोगलाई पेसेवर परीक्षार्थीबाट जोगाउन माग

यशोदा अधिकारी २०७६ पुष ३ गते १४:४३

काठमाडौँ । लोकसेवा आयोगको बिश्वासलाई कायम राख्न पेसेवर परीक्षार्थीहरुबाट जोगाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

आज सिंहदरबारमा बसेको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लोकसेवा आयोग सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफलमा सांसदहरुले लोकसेवा आयोगलाई पारदर्शी र सम्मानित संस्थाको रुपमा स्थापित गर्न सुझाव दिनुभयो ।

केही प्राज्ञिक व्यक्तिहरुले पेसाकै रुपमा लोकसेवा आयोगमा परिक्षा दिने, नाम निकाल्ने, नियुक्ति लिन नजाने र बैकल्पिक उमेद्दारलाई बेच्ने गरेको भन्दै सांसदहरुले त्यस्ता परीक्षार्थीलाई दण्ड सजायको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।

समितिको बैठकमा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले नेपाल सरकारको पारिश्रमिक पाउने गरी कुनै पनि संस्थाको कुनै पनि तहमा कर्मचारी नियुक्ति गर्दा लोकसेवा आयोगको सहमती लिनुपर्ने प्रावधानले लोकसेवा प्रति आम नागरिकको विश्वास बढेको बताउनुभयो ।

सम्बन्धित