तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा र सामाग्री सहयोग

तनहुँ । तनहुँ समाज हङकङले जिल्लाका ५ विद्यालयका अपाङ्गता भएका बिद्यार्थी बालबालिकालाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ । समाजले स्थापना गरेको अक्षयकोषको व्याजबाट ती सामाग्रीहरु वितरण गरिएको हो ।

व्यास नगरपालिकाको बुद्ध दाहाल बहिरा आवासिय विद्यालय, सिन्धु आधारभुत विद्यालय, सिद्धवेनी आधारभूत विद्यालय, वेदव्यास आधारभुत विद्यालय र महेन्द्र ज्योति माध्यमिक विद्यालयका अपाङ्गता भएका विद्यार्थीहरु लाई सहयोग सामाग्रि हस्तान्तरण गरिएको हो ।

त्यस क्रममा ५० हजार भन्दा बढि मूल्य बराबरको डसना, सिरक, ग्यास चुलो, पानी तताउने किट्ली, प्रेसर कुकर, न्यानो कपडा, कार्पेटलगायतका सामाग्रीहरु बिद्यार्थीहरुलाई वितरण गरिएको तनहुँ समाज हङकङका कार्यक्रम संयोजक प्रदीप काफ्लेले बताउनुभयो ।

उक्त सामाग्रीहरु वितरण गर्दै तनहुँ समाज हङकङका पुर्व अध्यक्ष भिमराज गुरुङले समाजका तर्फबाट फरक क्षमता भएका बालबालिकाका लागि सहयोग गर्न पाउदा निकै खुशी लागेको बताउनुभयो । साथै गरिएको सहयोगलाई निरन्तरता दिइने र सहयोगमा वृद्धि गर्दै जाने पनि बताउनुभयो ।

यसैबीच समाजका पुर्व अध्यक्ष भिमराज गुरुङले समाजले स्थापना गरेको अक्षयकोषमा ५ लाख रुपैयाँ वृद्धि गरिएको जानकारी दिनुभयो । दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा हालै हङकङमा सम्पन्न ५औँ बाराही साँझबाट संकलित पाँच लाख रुपैयाँ अक्षयकोषमा वृद्धि गरिएको जानकारी दिनुभएको हो ।

दमौलीस्थित गण्डकी विकास बैकमा स्थापित १० लाखको अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि सहयोग गर्दै आएकोमा त्यसमा पाँच लाख वृद्धि गरिएपछि आगामी बर्षदेखि बालबालिकाको सहयोगमा पनि वृद्धि हुने जानकारी दिनुभयो ।

समाजले अक्षयकोषका अतिरिक्त पाँच लाखको लगानीमा भानु जन्मस्थल विकास समितिमा पुस्तकालय सञ्चालनमा ल्याएको छ ।

साथै क्यामिनको छापथोक, भिमादलगायतका स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग समाजका अध्यक्ष प्रेम गुरुङले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button