तपाईँ सुन्दै हुनुहुन्छः

चिसो बढेपछि विद्यालय दुई दिन बन्द

कैलाली । धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिन बिदा गरिएको छ । बिहीबार बिहान बसेको शिक्षा सरोकारवालाहरुसंगको बैठकले पुस ३ र ४ गते विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

केही दिनदेखि मौसममा देखिएको खराबिका कारण अत्याधिक चिसो बढ्न गइ नियमित विद्यालय संचालनमा कठिनाइ भएको भन्दै वर्षे र हिउँदे बिदा मिलान गर्ने गरी बिदा गरिएको धनगढी उपमहानगरपालिकाका निमित्त्र प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद कोइरालाले बताए ।

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाले पनि चिसोका कारण बिहीबार र शुक्रबार बिद्यालय बन्द गर्ने निर्णय गरेकाे छ । शितलहरका कारण केही दिनदेखि पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । शितलहरका कारण सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र प्रदेश नम्बर ५ को बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहीलगायत ठाउँमा चिसाे बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button