तपाईँ सुन्दै हुनुहुन्छः

आज त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह, १० हजारभन्दा बढी विद्यार्थी दिक्षित हुँदै

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ४५औँ दीक्षान्त समारोह हुँदै छ । समारोहमा १० हजार १८४ विद्यार्थी दिक्षित हुँदै छन् ।

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदक÷पुरस्कारसमेत प्रदान गरिने भएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button