तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीका स्थानीय तहमा रु १३ करोड बेरुजु

रासस । गुल्मी जिल्लाका १२ वटा स्थानीय तहमा १३ करोड रुपैयाँ बेरुजु देखिएको छ ।

गुल्मीका स्थानीय तहमा आर्थिक वर्ष २०७४÷७५ मा कूल १२ करोड ७५ लाख १४ हजार बेरुजु देखिएको महालेखा परीक्षणको प्रतिवेदनले देखाएको छ ।

जिल्लाका स्थानीय तहमध्ये मुसिकोट नगरपालिकामा सबैभन्दा धेरै चार करोड ३४ लाख एक हजार रुपैयाँ बेरुजु देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button