तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा जिल्ल्लाव्यापी बृहत विज्ञान प्रर्दशनी हुने

तनहुँ । आदिकवि भानुभक्त क्याम्पस विज्ञान क्लबको आयोजनामा आगामी पुष ४ गते एक दिने जिल्लाव्यापी बृहत्त विज्ञान प्रर्दशनी हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले विज्ञान र प्रविधिको महत्व दर्साउन जिल्ल्लाव्यापी बृहत विज्ञान प्रर्दशनी गर्न लागेको हो ।

विज्ञान र प्रविधिको विकासमा देशलाई आत्मनिर्भर बनाउनका लागि सहयोग पुर्याउने हेतुले तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको प्राङ्गणमा एक दिने जिल्लाव्यापी बृहत्त विज्ञान प्रदर्शनी आयोजना गर्न लागेको विज्ञान क्लबकी अध्यक्ष श्रद्धा खनालले जानकारी दिनुभयो ।

क्लबकी अध्यक्ष खनालले विज्ञानका सिद्धान्तहरुलाई प्रयोगद्वारा प्रमाणीत गर्न र विद्यार्थीको अन्तरनिहित क्षमता प्रस्फुटन गर्दै वैज्ञानिक क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ विज्ञान प्रर्दशनी गर्न लागेको दिनुभयो । प्रर्दशनी पुष ४ गते देखि क्याम्पस प्राङ्गागणमा हुनेछ ।

’सिकाई सैद्धान्तिक मात्र नभई प्रयोगात्मक हुनुपर्छ’ अध्यक्ष खनालले भन्नुभयो ’ “गरेर र सिक“ भन्ने भनाई लाई पालना गर्दै अन्तरनिहित क्षमतालाई प्रस्फुटन गरी स्थानिय शैक्षिक सामाग्रीलाई प्रयोगमा ल्याई सिकाई बैज्ञानिक ढङ्गबाट सिक्दा उपयुक्त हुन्छ ।’

जिल्लाका करिव ७० वटा सामुदायिक तथा निजी विद्यालयले प्रत्यक्ष सहभगी जनाउने खनालले दिनुभयो । एउटा समुहमा तिन जना हुने र दर्ता निशुल्क रहेको उहाँले दिनुभयो ।

’हाम्रो प्रदर्शनीमा ६०(७० वटा विद्यालयका प्रतिनिधिहरुले प्रत्यक्ष सहभागी जनाई विज्ञान तथा प्रविधिको सामाग्री प्रदर्शन गर्नुहुनेछ । अध्यक्ष खनालले भन्नुभयो ’ विद्यार्थी र अभिभावक गरि तीन सय जनाले अवलोकन गर्ने विश्वास हामीले लिएका छौं ।’
तनहुँ जिल्ल्लाका सम्पूर्ण विद्यालयका सम्पुर्ण बिद्यार्थी बीच आत्मियता बढाउनसमेत उक्त कार्यक्रमले सहयोग पुर्याउने आयोजकले जनाएको छ ।

उक्त प्रर्दशनीमा प्रथम हुने समुहले ३० हजार, दोस्रो हुने समुहले २० हजार, तेस्रो हुने समुहको १० हजार र सान्त्वना हुने दुई वटा समुहले पाँच÷पाँच हजार पुरस्कार पाउनेछन । उक्त विज्ञान प्रर्दशनिको सह आयोजकमा व्यास नगरपालिका रहेको छ ।

कार्यक्रममा विज्ञ गोष्ठीसमेत हुने आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो । विज्ञान शिक्षा बारेमा प्रचार गर्न समेत उक्त प्रर्दशनीले सहयोग पुर्याउने प्रमुख हडखलेले बताउनुभयो । विद्यार्थीको क्षमता अभिवृद्धि गराउन क्याम्पस निरन्तर लागिरहेको क्याम्पस संचालन समितिका अध्यक्ष ब्रम्हदत्त तिमल्सेनाले बताउनुभयो । ’सैद्धान्तिक शिक्क्षा भन्दा व्यवहारिक शिक्षा आजको आवशक्ता हो ।’ अध्यक्ष तिमल्सेनाले भन्नुभयो ’विज्ञान प्रर्दशनी विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने स्थान हो ।’

उक्त कार्यक्रममा क्याम्पस संचालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठ, सदस्य डम्बर अधिकारि, पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यलगाएतले राम्रो कार्यक्रम सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button