तपाईँ सुन्दै हुनुहुन्छः

१७ केजी लागू औषध चरेश सहित २ जना पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले १७ केजी लागू औषध चरेश सहित मंगलवार २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा नगरपालिका ६ का २३ बर्षिय सजिन बि क र २४ बर्षिय कल्पना बुढामगर छन् । उनीहरुलाइ बढैया ताल २ फुटाहाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरी चौकी जमुनाहाका प्रहरी नायब निरीक्षक धन बहादुर के सीको कमाण्डमा रहेको टोलीले सृजन वि क बाट ८ किलो र कल्पना बुढामगर बाट ९ किलो गरी जम्मा १७ किलो चरेस बरामद गरेको प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिनुभयो ।

दुबै जनालाई लागूऔषध ऐनअनुसार मुद्दा दायर गरी थप अनुसंधान भैरहेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button