तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिनको झरीले इँटा उद्योगमा दश करोडको क्षति

कञ्चनपुर। दुई दिनको वर्षाका कारण जिल्लाका इँटा उद्योगमा व्यापक क्षति पुगेको छ । गत शुक्रबार र शनिबारको वर्षाका कारण सुकाउनका लागि राखिएका कच्चा इँटामा क्षति पुगेको हो । महाकाली इँटा व्यवसायी सङ्घका अध्यक्ष बलदेव बुडालका अनुसार सुकाउनका लागि राखिएका करीब रु १० करोड बढीका कच्ची इँटामा क्षति पुगेको छ ।

“मौसममा आएको एकाएक परिवर्तनका कारण व्यवसायीले इँटा जोगाउन नसक्दा क्षति पुगेको छ”, उहाँले भन्नुभयो । कैलाली र कञ्चनपुरमा ७० बढी इँटा उद्योग सञ्चालनमा छन् । दुवै जिल्लामा गरी वर्षाले करीब रु १५ करोड बढीका इँटामा क्षति गरेको छ । प्रत्येक इँटा उद्योगमा रु १० लाखदेखि रु २० लाखसम्मको क्षति पुगेको इँटा व्यवसायीको भनाइ छ । व्यवसायीले काँचो इँटाको बिमा गर्ने व्यवस्था मिलाइदिनसमेत सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button