तपाईँ सुन्दै हुनुहुन्छः

भ्रमण वर्षको प्रचार : दार्जलिङेलाई निम्तो दिएर फर्कियो झापाली टोली

झापा । नेपाल भ्रमणका लागि झापाको एक टोलीले भारतको दार्जलिङ पुगेर निम्तो दिएको छ । निम्तो दिएर भ्रमण टोली सोमबार साँझ नेपाल फर्किएको छ ।

भ्रमण वर्ष – २०२० को व्यापक प्रचार गर्ने उदेश्यले टोली दार्जलिङ गएको थियो । शनिवार दार्जलिङको पर्यटकीय क्षेत्र पुगेको टोलीले पर्यटन व्यवसायीसँग छलफल गरेर भ्रमणमा नेपाल आउन निम्तो दिएको टोलीका संयोजक डिल्ली घिमिरेले जानकारी दिनुभयो । ५० जनाभन्दा बढीको संख्यामा गएको झापाली टोलीले दार्जलिङको होम स्टे क्षेत्रको अवलोकन समेत गरेको छ । टोली टिस्टादेखि ट्रेकिङ गरेर ५ हजार फिट उचाईमा रहेको होम स्टे पुगेको थियो । सानो मङ्वामा रहेको पुरानो एवम् चर्चित होमस्टेमा पुगेको नेपाली टोलीले भारतमा नेपाल भ्रमण वर्षको प्रचारसँगै त्यहाँ आउने पर्यटकलाई नेपाल पठाइदिन आग्रह गरेको थियो ।

प्रदेश १ सरकारको पर्यटन मन्त्रालयको सहयोगमा गएको टोलीले भ्रमण वर्षका बारेमा व्यापक प्रचार गरेको छ । प्रचारका लागि मौखिक जानकारी एवम् ब्रोसर वितरण गरिएको थियो । टोलीमा पर्यटन व्यवसायी, पत्रकार, होम स्टे सञ्चालक, जनप्रतिनीधि र पर्यटकीय क्षेत्रका प्रतिनीधिको सहभागिता रहेको पर्यटन अभियानकर्मी अर्जुन कार्कीले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button