तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न ११ स्थानमा आगजनी

बीरगंज । पर्सा जिल्लाको पोखरीयामा गएराती अज्ञात समूहले श्रृंखलाबद्धरुपमा ११ स्थानमा आगजनी गरेपछि नगर क्षेत्रको जन–जीवन त्रसित भएको छ ।

पोखरीया नगरपालीकाका प्रमुख दिप नारायण रौनियारले राति पौने १० बजेबाट १२ बजेसम्म नगरपालीकाको वाडा नम्बर ४ र ५ मा अज्ञात समूहले श्रृंखलाबद्धरुपमा आगजनी गरेको बताउनु भयो ।

नगरपालीकाको सतबरीया स्थित एक बिगाहको पराल राखिएको स्थानबाट सूरु भएको आगलागी साधु बस्ने मठ,घुम्ती पसल,घरमा समेत श्रृंखलाबद्धरुपमा आगो लागेपछि नगरक्षेत्रको जन–जीवन त्रसित भएको नगर प्रमुख रौनियारले बताउनु भयो ।
आगजनीबाट सतबरीया स्थित साधुबस्ने मठ, पोखरीया बजार क्षेत्रमा रहेको सोकट राउतको घर, लुम्बिनी विकास बैंक अगाडी रहेको प्रमम्बिनी विकास बैंक अगाडी रहेको प्रेम रामको घुम्ती पसल, शिवमन्दिर अगाडीको भरत सिंहको घर जलेर नष्ट हुदा लाखौंको क्षति भएको छ । आगलागीबाट वाडा नम्बर ४ मा राखिएको २ बिगाह जग्गाको धानको पराल समेत जलेको छ ।
मोटरसाईकलमा आएका अज्ञात समूहले जन–जीवन त्रसित गर्न आगजनी गर्ने बित्तिकै भाग्ने गरेको स्थानिय बासिन्दाले बताएका छन् । आगोलाई पोखरीया नगरपालीका र बीरगंज महानगरपालीकाबाट गएको दमकलले नियन्त्रणमा लिएको पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनु भयो ।

आगजनी कसले र किन रेको हो सो बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र घटनामा संम्लग्न व्यक्तिहरुको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताउनु भयो । आगजनी पछि पोखरीया नगरपालीकाका १० वटै वाडाका स्थानिय बासिन्दाहरु फेरी आगजनी हुने डरले रातभर जागराम बसेको नगर प्रमुख दिपनारायण रौनियारले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button