तपाईँ सुन्दै हुनुहुन्छः

एसईईको परीक्षा तालिका सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमीले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।तालिका अनुसार परीक्षा आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ ।

एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

बोर्डले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिन अर्थात चैत ६ गते अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ ।

यसैगरी चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक प्रथमपत्रका बिषय र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा तोकिएको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा यसअघि कम ग्रेड ल्याएका समेत सहभागी हुनसक्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button