तपाईँ सुन्दै हुनुहुन्छः

हिन्द प्रशान्त रणनीतिमा सामेल नहुन नेकपा बैठकमा माग

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अमेरिकी सरकारको ‘मिलेलियम च्यालेन्स कोअपरेसन” र हिन्द प्रशान्त रणनीतिमा नेपाल सामेल हुन नहुनेमा जोड दिइएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने क्रममा नेताहरु भीमबहादुर रावल, देवप्रसाद गुरुङलगायतले त्यस्तो रणनीतिमा नेपालको सहभागिता रहेमा नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिकूल हुने जनाउनुभएको हो । नेता गुरुङले त्यस प्रकारको नीतिमा सामेल हुनुअघि वा संसद्मा त्यसबारे प्रस्ताव लानुअघि पार्टी र सरकारमा राम्रोसँग छलफल हुनुपर्नेमा जोड दिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button