२०७९ साल भदौ २ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

शहिद स्मारक ए डिभिजन लिगः च्यासल युथ क्लब विजयी

रेडियो नेपाल २०७६ पुष १ गते ७:१३

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत च्यासल युथ क्लबले सङ्कटालाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको लिगको दोस्रो खेलमा च्यासलले सङकटालाई २–० गोलले हराएको हो ।

च्यासलका लागि कप्तान सन्तोष साहुखलले दुई गोल गरेका थिए । उनले पहिलो हाफको ४१औँ मिनेटमा पहिलो गोल गरेका थिए । दोस्रो हाफको ८४औँ मिनेटमा सन्तोषले नै दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी गराएका थिए । उनी खेलको म्यान अफ दी म्याच भए । जितसँगै च्यासलले तीन अङक जोडेको छ ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रो हुनेले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचौले रु सात लाख र छैटौं हुनेले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछ । हरेक खेलको विजेताले रु ५० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट पाँच स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, गोलकीपर र प्रशिक्षकले जनही रु एक लाख ५० हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई रु १० हजार तथा प्रतियोगिताको फेयर प्ले टिमले रु एक लाख पुरस्कार पाउनेछ ।

थ्री स्टारलाई एडिडासको साथ

ए डिभिजन लिग क्लब थ्री स्टारलाई एडिडासले प्रायोजन गर्ने भएको छ । एडिडासले थ्री स्टार क्लबलाई खेल सामग्री उपलब्ध गराउने छ । थ्री स्टारले आज एडिडासको नेपालस्थित आधिकारिक बिक्रेता रुड्स फेसनसँग सह प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो । उक्त सम्झौतापत्रमा क्लबका अध्यक्ष अरुणमान जोशी र रुड्सका प्रबन्ध निर्देशक सञ्जिव तुलाधरले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार अब एडिडासले थ्री स्टारलाई वार्षिक रु २५ लाख बराबरको खेल सामग्री उपलब्ध गराउने छ । यसअघि मुख्य प्रायोजकका रुपमा रुस्लानले थ्री स्टारसँग सम्झौता गरिसकेको छ । रासस

सम्बन्धित