माछा र उखुबालीमा किसानहरुको आर्कषण बढेसँगै आलु खेतीमा कमी

बारा । यस बर्ष बारा जिल्लामा आलु खेतीको क्षेत्रफल कमी भएको कारणले उत्पादनमा समेत कमी भएको कृषि ज्ञानकेन्द बाराले जनाएको छ ।
यहाँका कृषकहरुले नगदे बालीका रुपमा माछा पालन र उखु खेतीतर्फ अग्रसर भईरहेको हुँदा आलु खेतीतिर किसानहरुको ध्यान आर्कषित हुन नसकेका कारण बिस्तारै खेतीमा कमी आईरहेको ज्ञानकेन्द्र बाराका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।
गत बर्षको तुलनामा यस बर्ष पनि आलुको क्षेत्रफल र उत्पादनमा समेत कमी आएको छ । आर्थिक बर्ष २०७६÷७७ मा कृषकहरुले कुल सात हजार चार सय ७० हेकटर क्षेत्रफलमा सि ४० खुमलटार रातो जातको आलु खेती भएको छ ।
जिल्लाको हरिहरपुर, गोलागंज, देवापुर, उचिडिह, पिपरपाती, बरियापुर , मटियर्वा लगायतका ठाँउहरु आलुका लागि पाकेट क्षेत्र मानिएपनि जिल्लाका अधिकान्स ठाँउहरुमा पनि आलु खेतीको थालनी भईरहेको ज्ञानकेन्द्रका गेनालाल मण्डलले जानकारी दिनुभयो ।
आलु सी ४० जातका आलु कृषकहरु विच लोकप्रिय भएकोले सो जातका आलु बढी मात्रामा कृषकहरुले लगाउने गरेको कृषि प्राविधिक मण्डलले भन्नुभयो ।
गत बर्ष २०७५/७६ सालमा कृषकहरुले कुल सात हजार छ सय ६० हेकटर क्षेत्रफलमा बिभिन्न जातका आलु खेती गरी प्रति हेकटर १५ दशमलव ३ मेट्रिकटनले कुल एक अर्व ८६ करोड २९ लाख १२ हजार र बराबरको एक लाख ल् १६ हजार सात सय ३२ मेट्रिकटन आलु उत्पादन भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्