तपाईँ सुन्दै हुनुहुन्छः

दुई दिन परेको सिमसिमे पानीले इँटा बिगार्यो

चितवन । दुई दिन परेको सिमसिमे पानीले यहाँ पोल्न ठिक्क पारिएका काँचो इँटामा क्षति पगेको छ । जिल्लामा १८ वटा इँटा भट्टा छन् ।

नेपाल इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार केही उद्योगले इँटा बनाएर सुकाएका थिए भने केहीले पोल्न भट्टीमा राखेका थिए । त्यसै समयमा पानी परेपछि इँटा बिग्रिएको हो । काँचो माटोमा पाँगो मिसिएकाले माटोसमेत पुनः प्रयोगमा नआउने उहाँले बताउनुभयो ।

पानीका कारण कम्तीमा रु दुई करोड नोक्सान भएको सापकोटाको भनाइ थियो । बल्ल तल्ल जुटाएको माटो र मजदूर फेरि जुटाउनुपर्ने उहाँको भनाइ छ । नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्षसमेत रहनुभएका सापकोटाले पानीले चितवनदेखि पश्चिमतर्फका जिल्लामा रहेका इँटा भट्टामा नोक्सान पु¥याएको जानकारी दिनुभयो । नेपालमा एक हजार २५० हाराहारी इँटा उद्योग छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button