तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यचौकी बनेपछि गोल्टाकुरीमा खुशी

तुलसीपुर। (रासस) ः दाङको दङ्गीशरण गाउँपालिका–२ गोल्टाकुरी स्वास्थ्यचौकीको नयाँ भवन निर्माण सम्पन्नभएको छ । नयाँ स्वास्थ्य भवनले सहज स्वास्थ्य सेवा पाउने भन्दै स्थानीय औधि खुशी भएका छन् ।

साथै उक्त भवनबाट प्रयोगशाला सेवासमेत प्रदान गरिने चौकीले जनाएको छ । दुई तले उक्त भवनको भुइँतलामा आठ र पहिलो तलामा छ वटा कोठा रहेका छन् ।

डिभिजन कार्यालयका इञ्जिनीयर महेशबहादुर सिंहका अनुसार रु एक करोड ७७ लाखमा निर्माण पूरा भएको हो । गाउँपालिका अध्यक्ष भागीराम चौधरीले भवनको उद्घाटन गर्दै घर आगनमा जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न प्राथमिकता दिएको वताउनुभयो । यस अघि जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रदान गरिँदै आइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button