तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा आजै दिउसो १:००बजेपछि बस्ने स्थायी कमिटीको बैठका लागि एजेण्डा तय गर्ने नेकपाले जनाएको छ ।

यस्तै सचिवालय बैठकमा मंसिर १४ गते भएको उपनिर्वाचनको समिक्षा, पार्टी एकताको बाँकी कामलाई पूर्णता दिने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

लामो समयपछि बसेको नेकपाको स्थायी समिति बैठकलाई निक्कै महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button