तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा बस दुर्घटना, ११ जनाको मृत्यु

सिन्धुपाल्चोक । कालिञ्चोकबाट काठमाडौं फर्किदै गरेको तीर्थ यात्री बोकेको बस सुनकोशी गाउपालिका वडा नं. ६ को ६ कि मि भन्ने ठाउँमा दुर्घटना हुँदा हालसम्म ११ जनाको ज्यान गइसकेको छ ।

दुर्घटनामा ठूलो संख्यामा मानविय हताहती भएको बताइन्छ । बा २ ख ४४६८ नम्बरको बस लामो साँघु जिरी सडकको ५ किलो भन्ने ठाउँको सडकबाट ५ सय मिटर तल खसेकोछ ।

अझैपनि मृतकको संख्या बढ्न सक्ने बताइएको छ । बस भक्तपुर बाट रिज़र्व गएको थियो । बस आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । घटनाको विषयमा थप जानकारी आउन बाँकि छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button