तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको चिर्दीखोलामा शव फेला

पर्वत । पर्वतको फलेवास नगरपालिका ७ चिर्दिखोलामा एक २६ बर्षिय युवा मृत अवस्थामा फेला परेका छन् । सोही नगरपालिका ७ स्थित लिमिठाना घर भएका २६ बर्षिय डिलबहादुर नेपालीको आज खोला किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

खोला किनारमा घोप्टो परेको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । स्थानीयबासीहरुले मृत अवस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वत र फलेवास प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको थियो ।

घटनास्थलबाट मृतकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएको छ । आज नै शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी छ । मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button