तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा प्रिमियर लिग एकदिन पर सर्यो

पोखरा । शनिबारदेखि सुरु हुने भनिएको पोखरा प्रिमियर लिग एकदिन पर सरेको छ । लगातारको वर्षाका कारण आइतबारबाट मात्र प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ ।

पोखरामा शुक्रबार आयोजित ट्रर्फी सार्वजनिक कार्यक्रममा आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुमी लामाले प्रतियोगिताको उद्घाटन आइतबार गरिने जानकारी गराउनुभयो ।

एकदिन रिजर्भ डे रहेकाले प्रतियोगिताको तालिकामा कुनै असर नपर्ने उनले जानकारी गराउँदै उद्घाटन खेलमा साविक विजेता पारेखरा राइनोज र काडमान्डौ गोल्डेन बीच प्रतिस्पर्धा हुने बताउनुभयो ।

ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा पोखरा पल्टनका कप्तान शरद भेषावकर बाहेक सबै टिमका कप्तानको उपस्थिती रहेको थियो । गन्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले ट्रफी सार्वजनिक गर्नुभएको थियो ।

प्रतियोगिताको विजेताले २७ लाख र उपविजेताले १० लाख रूपैयाँ पाउनेछन । प्रिमियर लिगमा नेपाल टेलिकमले सह–प्रायोजक भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button