तपाईँ सुन्दै हुनुहुन्छः

उपभोक्ता ठग्ने १६ व्यापारी विरुद्ध मुद्दा दायर

बीरगंज । गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय वीरगंजले परम्परागत पुरानै ढक तराजु, मिटर प्रयोगगरी उपभोक्तालाई ठगि गर्दै आएका १६ जना व्यापारीलाई कारवाहीको लागि अदालतमा मुद्दा दायर गरेको छ ।

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगंजले बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लामा हालै गरेको अनुगमनको क्रममा परम्परागत ढक तराजु मिटर प्रयोग गरी उपभोक्तालाई ठगि गरेको भेटिएपछि १६ जना व्यापारी विरुद्ध अदालतमा मुद्दा दर्तागरी कारवाही प्रकृया अगाडी बढाइएको कार्यालय प्रमुख शशिभुषण यादवले बताउनुभयो ।

उपभोक्ता ठगि गरेको आरोपमा बाराको सोनु आयल ट्रेडर्स, अर्निका ट्रेडर्स, जयविकास आयल स्र्टोस, अमित आयल स्टोर, शिवशंकर ट्रेडर्स, जगदम्बा आयल ट्रेडर्स, बिजय आयल ट्रेडर्स, महम्द आयल स्टोर, आयुष आयल स्टोर, हरिओम आयल स्टोर, बाबा आयल ट्रेडर्स, कृष्ण आयल स्र्टोर रहेका छन् भने पर्साको किसान एग्रो केमिकल्स, रौतहटका खान आयल स्र्टोस तथा मकवानपुरका शिवम् फ्यूल सेन्टर र एसियन पेन्ट्स प्रा.लि.लाई कारवाहीको लागि अदालतमा मुद्दा दर्ता गरिएको यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button