तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा दोस्रो मेयरकप खुल्ला क्रिकेट प्रतियोगिता हुँदै

अछाम । अछामको साँफेबगरमा जिल्लामै ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने भएको छ । साँफेबगर नगरपालिकाको आयोजनामा दोस्रो खुल्ला मेयर कप क्रिकेट प्रतियोगिता जिल्लामै ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

दोस्रो मेयरकप क्रिकेट प्रतियोगितामा उपाधि जित्ने टिमले एक लाख ५५ हजार पुरुस्कार पाउने भएको छ भने उपबिजेता टिमले ७७ हजार छ सय पुरस्कार पाउने छ ।

साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडीकोटमा रहेको बडासैन क्रिकेट मैदानमा आगामि पौष १ गतेबाट प्रतियोगिता सञ्चालन हुन लागेको छ ।

यस बर्षको प्रतियोगितामा थुपै्र बिधामा पुरस्कार राखिएको छ । जसमा अनुशासित टिमले नगद ११ हजार, प्रतियोगिता भरी उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले १० हजार, प्रतियोगिता अवधि भरको उत्कृष्ट ब्याडसम्यानले पाँच हजार, बलरले पाँच हजार र प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले म्यान अफ द म्याच स्वरुप एक हजार पुरस्कार पाउने प्रतियोगिता संयोजक वडा नम्बर ७ रिडीकोटका अध्यक्ष मिठु सिँह भाटले बताउनुभयो ।

खुल्ला मेयरकप क्रिकेट प्रतियोगिता भएकाले यस बर्ष अछाम बाहेक अन्य जिल्लाका स्थानिय तह र क्लबले समेत प्रतियोगितामा सहभागिता जनाउन पाउने भाटले बताउनुभयो ।

युवालाई थुप्रै क्षेत्रमा अगाडी बढाउनका लागि आफनो नगरपालिकाले उचित बजेट बिनियोजित गरेको साफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवरले बताउनुभयो ।

यसअघि सुदुरपश्चिम स्तरिय गोजुरियो कराते, पुरुष भलिबल, महिला भलिबल भव्य रुपमा सफल भएकाले मेयर कप क्रिकेट प्रतियोगिता समेत भव्य रुपमा सफल हुनेमा आफु बिश्वस्त रहेको नगर प्रमुख कुँवरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button