तपाईँ सुन्दै हुनुहुन्छः

बंँदेल आक्रमणबाट चितवनमा तीन जना घाईते

फाइल तस्बिर

चितवन । चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको बस्तीमा बंँदेलले आक्रमण गर्दा तीनजना घाईते भएका छन ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार आज बिहान १० बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर १३ गंगानगर स्थित आफ्नै बारीमा काम गरी रहेको अवस्थामा एक्कासी बदेलले आक्रमण गर्दा उनीहरु घाइते भएका हुन ।

घाइते हुनेमा सोही ठाउंँ बस्ने बर्ष ७६ की केबी राई, बर्ष ७१ की कुमारी तामाङ र बर्ष ३८ का मोर्ते दर्जी रहेका छन । उनीहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको । उनीहरुको अवस्था मध्यम रहेको बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button