२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

वेस्ट इण्डिजलाई २-१ ले पराजित गर्दै भारतले जित्यो ३ खेलको टि-ट्वान्टी सिरिज

रेडियो नेपाल २०७६ मंसिर २६ गते ९:४८

एजेन्सी । वेस्ट इण्डिज विरुद्धको टि-२० सिरिज भारतले जितेको छ । बुधबार भारतले वानखेडे रंगशालामा इण्डिजलाई ६७ रनले पराजित गर्दै ३ खेलको टि-२० सिरिज भारतले २-१ ले जितेको हो ।

सिरिजको पहिलो खेल भारतले जितेको थियो भने दोश्रो खेल वेस्ट इण्डिजले जितेको थियो । अन्तिम खेलमा इण्डिजले टस जितेर भारतलाई पहिले ब्याटिङ गर्ने निम्ता दिएको थियो । भारतले आफ्नो यस पारीमा तीन विकेटको क्षतिमा २४० रनको स्कोर बनायो ।

भारतको यस पारीमा लोकेश राहुलले सर्वाधिक ९१ रन बनाए भने रोहित शर्माले ७१ र कप्तान विराट कोहलीले अविजित ७० रन जोडे ।

त्यसपछि जवाफी ब्याटिङमा आएको वेस्ट इण्डिजले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १७३ रनमा समेटिएपछि खेल भारतले ६७ रनले जितेको हो ।

सम्बन्धित