तपाईँ सुन्दै हुनुहुन्छः

स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने प्रधानमन्त्रीको घोषणा

 

काठमाडौँ । सरकारले १३औैँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा नेपालको तर्फबाट विभिन्न खेल विद्यामा पदक प्राप्त गर्ने २०६ जना खेलाडी तथा प्रशिक्षकहरुलाई सहयोग राशीको घोषणा गरेको छ ।

खेलाडीहरुलाई खेलप्रति आकर्षित र प्रोत्साहन गर्न सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार रकमको घोषण गर्नु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह पुरस्कार रकम घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक स्वर्ण पदक पाउने खेलाडीलाई नौ लाख, एक भन्दा बढी स्वर्ण पदक पाउने खेलाडीलाई ११ लाख, रजत पदक पाउनेलाई छ लाख र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई तीन लाख पुरस्कार दिने घोषण गर्नुभयो ।

About

त्यसैगरी प्रधानमन्त्री ओलीले सामूहिक खेलमा स्वर्ण पदक पाउने खेलाडीलाई जनही पाँच लाख र स्वर्ण पदक दिलाउन सफल कोचलाई पाँच लाख दिने पनि घोषण गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटक नेपाली खेलाडीहरुले आश्चर्यजनक नतिजा ल्याउन सफल भएको भन्दै बधाइ दिनुभयो । उहाँले सरकारले घोषणा गरेको पुरस्कारबाट नेपाली खेलाडीहरुलाई प्रोत्साहन हुन गई आगामी प्रतियोगिताहरुमा अझ राम्रे नतिजा ल्याउन सफल हुने बिश्वास समेत व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली खेलाडीहरुले आगामी दिनमा नेपालको खेललाई अझ उत्कष्ट र विश्वस्तरीय बनाउन अहिले आफूले बनाएका आफ्ना  किर्तीमानहरुलाई आफैले तोड्ने अठोटका साथ अघि बढनु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिलसिना तथा खेलकुद परिषदका सदस्यसचिव रमेश शिलवाल ओल्मपीक समितिका अध्यक्ष जीवनराम श्रेष्ठ,पदक प्राप्त खेलाडीहरु, अन्य खेलाडीहरु, प्रशिक्षकहरु, खेलसँग सम्बद्ध पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button