तपाईँ सुन्दै हुनुहुन्छः

अपडेट : कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु, चार जना घाइते

कञ्चनपुर । कञ्चनपुरको माहाकाली नगरपालिका वडा नम्बर २ मा बुधबार बिहान जंगली हात्तीको आक्रमणमा परी दुई जना महिलाको मृत्यु भएको छ भने चार जना महिला घाइते भएका छन् ।

मायापुरी सामुदायिक वनमा घाँस दाउरा काट्न भनी गएका महिलाहरु मध्ये अन्दाजी ५० वर्षीया भुरी देवी बोहरा र ३८ वर्षीया बसन्ती भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।

त्यस्तै, ललिता बोहरा, उमा सावद, सरिता ओझा र सुुनिता बिष्ट घाइते भएको बताइएको छ । घाइतेहरुलाई थप उपचारका लागि भारतको खटिमा लगिएको छ ।

जंगलमा कतिजना गएका थिए भन्ने यकिन हुन नसकेको बताउँदै प्रहरी नायव उपरीक्षक चन्दले दोधारा चाँदनीमा थप सुरक्षाकर्मी परिचालन गरिएको बताउनु भयो । उहाँले उक्त क्षेत्रमा हात्तीले थप क्षति गर्न सक्ने हुँदा सतर्क रहन र जंगलमा समेत नजान सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button