जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा ४ महिला घाइते, १ बेपत्ता

कञ्चनपुर । कञ्चनपुरको माहाकाली नगरपालिका वडा नम्बर २ मा बुधबार बिहान जंगली हात्तीको आक्रमणमा परी चार जना महिला घाइते भएका छन् ।
मायापुरी सामुदायिक वनमा घाँस काट्न भनी गएका ललिता बोहरा, उमा सावद, सरिता ओझा र सुुनिता बिष्ट जंगली हात्तीको आक्रमणबाट घाइते भएको इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रहरी निरीक्षक चेतराम पनेरुले जानकारी दिनुभयो ।
महिलाहरु पाँच जनाको समुहमा घाँस काट्न भनी गएको बुझिएपनि एकजनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई थप उपचारका लागि भारतको खटिमा लगिएको छ भने बेपत्ता महिलाको खोजिकार्य जारी रहेको प्रहरी निरीक्षक पनेरुले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्