तपाईँ सुन्दै हुनुहुन्छः

मानअव अधिकार दिवसमा राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ७१ औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ, “मानव अधिकारको उपयोगमा आफ्नो कर्तव्य पूरा गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताजस्ता कुरालाई समेत मनन गर्नुपर्छ ।”

राष्ट्रपति भण्डारीले विश्वव्यापीरुपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता नेपालको संविधानले गरेको प्रष्ट पार्दै मानव अधिकारको प्रवद्र्धन र कार्यान्वयनका लागि विभिन्न निकायसमेत क्रियाशील रहेकामा खुशी व्यक्त गर्नुभएको छ ।

“यस दिवसले सम्बद्ध पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनालाई आत्मसात् गर्दै मानव जातिका साझा अधिकार प्रत्याभूति गर्न सबैलाई सफलताका साथै यस क्षेत्रमा काम गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button