तपाईँ सुन्दै हुनुहुन्छः

महिला फुटबल : नेपाललाई रजत

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा नेपालले रजत पदक जितेको छ ।पोखरा रंगशालामा सोमबार भएको फाइनलमा भारतसँग २-० ले पराजित भएपछि नेपालले रजतमा चित्त बुझाएको हो ।

भारतविरुद्ध पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको थियो ।भारतको लागि दुवै गोल बाला देवीले गरेकी हुन् ।

भारतसँग पराजित भएसँगै महिला फुटबलमा नेपाल पुन: स्वर्ण जित्न असफल भएको छ ।नेपाल १२ औं सागमा पनि भारतसँग पराजित हुँदै रजतमा समेटिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button