तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा भूकम्पबाट पीडित भई छुटेका ८४४ लाभग्राही थपिए

तनहुँ । जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँमा ८४४ लाभग्राही थपिएका छन् । भूकम्पबाट पीडित भई छुटेका उनीहरुले गुनासो फारम भरी लाभग्राहीमा समावेश भएका हुन् । थप भएका सङ्ख्यासँगै तनहुँमा कूल १५ हजार १३१ लाभग्राही रहेको सो कार्यालयले जनाएको छ ।

कार्यालयकी मनुमाया आलेले दिनुभएको जानकारीअनुसार भूकम्पबाट जिल्लाको व्यास नगरपालिकाका पूर्ण क्षति भएका दुई हजार १३, आंशिक क्षति भएका ३६१, भानु नगरपालिकाका पूर्ण क्षति भएका चार हजार ४१२, आंशिक १८८, शुक्लागण्डकी नगरपालिकामा पूर्णक्षति भएका एक हजार ८८७, आंशिक ६१, भिमाद नगरपालिकाका पूर्णक्षति भएका एक हजार १२७ र आंशिक १६८ रहेका थिए ।

त्यसैगरी बन्दिपुर गाउँपालिकामा पूर्णक्षति भएका एक हजार १४, आंशिक ५०, आँबुखैरेनी गाउँपालिकामा पूर्णक्षति भएका ७२२ आंशिक १७०, देवघाट गाउँपालिकामा पूर्णक्षति भएका ६००, आंशिक ४८, घिरिङ गाउँपालिकामा पूर्णक्षति भएका ३०२, आंशिक तीन, म्याग्दे गाउँपालिका पूर्णक्षति भएका एक हजार ३४१, आंशिक ५४ र ऋषिङ गाउँपालिकामा पूर्ण क्षति भएका ५३७ र आंशिक ८२ रहेका थिए ।

तेह्र हजार ९४६ पूर्णक्षति भएका र एक हजार १८५ आंशिक गरी कूल १५ हजार १३१ लाभग्राही रहेको कार्यालयका शाखा अधिकृत सूर्यप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०७४÷०७५ मा पूर्णक्षति भएका १२ हजार ६९२ र आंशिक क्षति भएका २१७ गरी १२ हजार ९०५ लाभग्राहीले पहिलो किस्ता लिएका थिए भने दुई हजार ४५९ जनाले दोस्रो र २१७ जनाले तेश्रो किस्ता लिएका थिए ।

त्यसैगरी २०७५÷०७६मा ३१३ जनाले पहिलो किस्ता, पाँच हजार २६५ जनाले दोस्रो किस्ता र पाँच हजार १३२ जनाले तेश्रो किस्ता लिएका थिए । आव २०७६÷०७७ मा प्राविधिक खटिनु पूर्व दोस्रो किस्ता ६८ जनाले लिई सकेका थिए भने प्राविधिक खटिएपछि ४०० जनाले दोस्रो र एक हजार २०५ लाभग्राहीले तेश्रो किस्ता लिएका थिए । कार्यालयका शाखा अधिकृत शर्माका अनुसार तनहुँमा हालसम्म आठ हजार २०८ लाभग्राहीलाई दोस्रो र छ हजार ४६९ लाभग्राहीका लागि तेश्रो किस्ता निकासा भएको छ ।

विद्युत् उत्पादनमा कमी

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रमा २३ मेगावाट विद्युत् कम उत्पादन भएको छ । कात्तिक महिनाको दोस्रो सातादेखि नदीमा पानीको बहावमा कमी आएसँगै विद्युत्् उत्पादन कम भएको हो ।

मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएको र जाडोको समयमा घामको तापक्रम घट्ने हुँदा हिमाल पनि कम पग्लने र वर्षा पनि कम हुँदा विद्युत् उत्पादनमा असर पर्ने गरेको केन्द्रका विद्युत सहायक सन्तोषकुमार श्रेष्ठले बताउनुभयो ।

उक्त केन्द्रका २३ मेगावाट क्षमताका तीन वटा टर्वाइनबाट ६९ मेगावाट उत्पादन हुने गरे पनि पानीको बहाव घटेका कारण दिउँसो दुई वटाबाट ४६ मेगावाट मात्रै उत्पादन हुँदा २३ मेगावाट कम उत्पादन हुने गरेको केन्द्रका सहायक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार रातको समयमा भने तीन वटै टर्वाइनबाट गरी ६९ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ । दिउँसो दुई वटा टर्वाइन मात्रै सञ्चालन गर्दा पानी सङ्कलन हुने र त्यसपश्चात रातको समयमा प्रयोग गरी पूर्ण क्षमताको सञ्चालनमा ल्याउन सकिएको उहाँले जानकारी दिनुभयो ।

चैत पहिलो हप्ताबाट गर्मी बढ्ने र हिमाल धेरै पग्लिने हुँदा मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्ने र पुनः पूर्ण क्षमताको मेगावाटमा ल्याउन सकिने केन्द्रका प्रमुख राजेशकुमार पाण्डेले बताउनुभयो ।

“ रन टु रिभर भएका कारणले नदीमा पानीको बहाव बढ्ने बित्तिकै विद्युत्् उत्पादन क्षमतामा वृद्धि हुन्छ”, उहाँले भन्नुभयो “असोज महिनासम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदै आएको थियो ।” उक्त आयोजनाबाट उत्पादित विद्युत्् काठमाडौँस्थित स्यूचाटार र चितवनको भरतपुर सबस्टेशनबाट केन्द्रीय प्रसारणमा जोडिएको सो केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button