तपाईँ सुन्दै हुनुहुन्छः

अवैध सामानसहित दुई जना पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले ठूलो मात्रामा अवैध सामान पक्राउ गरेको छ । बढैयाताल गा.पा.वडा न.२ बस्ने ३४ बर्षिय संजय बर्मालाई र भारत जिल्ला बहराईच थाना मुर्तिया ग्राम रोहिया नगर बस्ने बर्ष ३६ को रमेश हरिजनलाई आइतबार सामानसहित पक्राउ गरेको हो ।

बर्माले भारतबाट भन्सार छलि चोरी पैठारी गरी सामानहरु भे. १ प. ७०९० न. को मो.सा.मा लोड गरी ल्याई रहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतीय सामान भएको हुँदा अन्दाजी ६६ हजार ५ सय बराबरको सामान कारवाहीको लागि राजापुर भन्सार कार्यालय बर्दियामा पठाईएको छ । भारतिय न.प्लेट भएको मो.सा.मा जम्मा अन्दाजी मुल्य रु ४१हजार छ सय ७० बराबरको सामान लोड गरी ल्याउदै गरेको अवस्थामा प्रहरी पक्रउ गरेको जनाएको छ ।

दुबै जनालाई समानसहित आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय बर्दियामा पठाईएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button