तपाईँ सुन्दै हुनुहुन्छः

निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भाँजो नहाल्न सबैमा आग्रह

बारा । बारामा क्रियाशिल सार्वजनिक सरोकार समितीहरुले टाँगिया बस्तिमा निर्माण हुनलागेको निजगढ दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माणमा भाँजो नहाल्न सबैमा आग्रह गरेका छन ।

बाराको सिमरामा चार वटा सार्वजनिक सरोकार समितीहरुले संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै जुनसुकै बहानामा बिमानस्थल निर्माणको काम अवरुद्ध गर्ने षडयन्त्र भइरहेको बताएको छ । त्यसलाई स्वीकार गर्न सकिने बताईएका छ ।

जितपुरसिमरा सार्वजनिक सरोकार समिती, निजगढ सरोकार समिती,टाँगियाबस्ति सरोकार समिती र कोल्हबी सरोकार समितीले संयुक्तरुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिएका हुन ।

संयुक्तरुपमा जारी गरिएको बिज्ञप्तिमा निजगढ अन्तरास्ट्रिय विमानस्थल निर्माण प्रकृयाले जब जब गति लिन थाल्छ, यसका विरोधिहरू नयाँ नयाँ स्वरूपमा प्रकट हुन थाल्ने कुरा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा पुर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल सर्वोच्व अदालतले उठाएका बिषयहरुको जवाफ दिन आफुहरु तयार रहेकोे बताउनुभयो । उहाँले विमानस्थल निर्माण गर्दा वन्यजन्तुको आवत जावतको वाटो अवरूद्द हुने र बन्यजन्तुको जीवन सन्तुलन बिग्रने विषय सामान्य रुपमा उठिरहेको बिषयहरु भएको बताउनुभयो । हिजो बन्यजन्तु संरक्षणको विषय उठाएर राष्ट्रिय निकुन्ज बिस्तार गर्दा यसका बिरूद्ध जाई लाग्नेहरूबाट नै आज यो कुरा उठ्नु चाँहि अझ सुन्दर बिषय भएको बताउनुभयो ।

यस शन्दर्भमा आयोजनाले हाईवेबाट पाँचदेखि सात सय मिटरसम्म बन कायम राख्ने उपाय सुझाएको छ । जस्ले नत बन्यजन्तुको बाटो अवरोद्ध हुन्छ नत उनीहरूको जीवन चक्रमा नै कुनै असर गर्छ ।

यसैगरी काठमाडौं निजगढ फाष्ट ट्रयाक निर्माण गर्दा समेत यस विषयलाई महत्व दिईएको छ र जनावरहरूको आवत जावतलाई ध्यान राखी ओभर ब्रीज बनाई हात्ती, गंैडासहितका जनावरहरूको आवत–जावतलाई सुरक्षित बनाउन विशेष ध्यान दिईएको पुर्व खेलकुद मन्त्री पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी जितपुरसिमरा सार्वजनिक सरोकार समितीका संयोजक मनोज पौडेलले जुनसुकै बहाना वा नाममा जस्ले अवरोध गर्छ त्यो जनताको नजरमा कलंकित हुने चेतावनी दिनुभयो ।

सम्मेलनमा बोल्दै निजगढ सरोकार समितीका संयोजक एक बहादुर श्रेष्ठले यो समृद्ध नेपाल निर्माणको याजना भएको दाबी गर्नुभयो । पत्रकार सम्मेलनमन टाँगिया बस्ति सरोकार समितीका संयोजक रमेश सापकोटा, कोल्हबी सरोकार समितीका संयोजक ढुण्डिराज उप्रती, पुर्व गबिस अध्यक्षहरु देवनारायण चौधरी, भोला अधिकारी, सरोकार समितीका सदस्यहरु पेसल मुल्मी, छबिलाल शर्मा, नारायण घिमिरे, रबिन्द्र खकुरेल, बिरेन्द्र बाँस्कोटालगयातको सहभागीता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button