तपाईँ सुन्दै हुनुहुन्छः

पुरुष क्रिकेटमा नेपाललाई कास्य पदक

पुरुष क्रिकेटमा नेपाललाई ऐतिहासिक कास्य पदक

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले ऐतिहासिक कास्य पदक जितेको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै नेपालले कास्य पदक हात पारेको हो ।साग पुरुष क्रिकेटमा नेपालको यो पहिलो पदक हो । यसअघि सन् २०१० मा पहिलो पटक क्रिकेट समावेस गरिएको सागमा नेपाल चौथौ स्थानमा सिमित बनेको थियो ।

माल्दिभ्सले दिएको ९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १६ ओभर १ बलमा ५ विकेट गुमाएर भट्यायो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३२ रनको बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२, रोहित पौडेलले अविजित १५ रन, पवन सर्राफले अविजित १० र बिनोद भण्डारीले १२ रनको योगदान गरे ।

बलिङतर्फ माल्दिभ्सका उमर अदमले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

माल्दिभ्सका लागि लिम साफेगले अविजित १९ तथा मोहमद रिसवानले १७ रन जोड्दा कप्तान मोहमद माफोजले १६ रन बनाए । अमिल माउरुफले १३ रन जोडे ।

बलिङतर्फ नेपालका ललित नारायण राजवंशीले ३ तथा सुशन भारीले २ विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button