तपाईँ सुन्दै हुनुहुन्छः

बंगलादेशले नेपाललाई दियो १५६ रनको चुनौती

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा बंगलादेशले नेपाललाई १५६ रनको चुनौती पेश गरेको छ ।

शनिवार किर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको क्रिकेटमा नेपालले टस जितेर फिल्डिंग रोजेको थियो । बंगलादेश यू–२३ टोलिले २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनाएको हो ।

बंगलादेशका कप्तान होसिन सान्तोलले ६० बलमा ७५ रन बनाएर कप्तानी पारी खेले । अफिफ हुसेनले पनि आक्रामक पारी खेल्दै २८ बलमा ५२ रन बनाए ।

नेपालका लागि पुर्व कप्तान पारस खड्काले सर्वाधिक ३ विकेट लिएका थिए ।भने, दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए । अभिनास बोहोराले पनि एक विकेट लिएका । यदि आजको यस खेलमा नेपालले जिते फाइनलको यात्रा तय गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button