तपाईँ सुन्दै हुनुहुन्छः

सागको सातौं दिन १८ खेल, कुन खेल कहाँ ?

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सातौं दिन आज शनिबार विभिन्न १८ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागको सातौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि कुल १८ खेलमा प्रतिस्पर्धा हुनेछ ।

सागमा शनिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

पदक तालिकामा छैटौं दिनसम्म भारतले ९३ स्वर्णसहित अग्रता बनाएको छ । ४१ स्वर्णसहित नेपालले भारतलाई पछ्याईरहेको छ ।

कुन खेल कहाँ ?

फुटबल :

पुरुष फुटबलमा शनिबार दुई खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेल दिउँसो साँढे एक बजे हुनेछ ।

यस्तै अर्को खेलमा श्रीलंका र भुटानबिच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५:३० बजे पछि हुनेछ ।

महिलातर्फ नेपाल र भारतबीच खेल हुनेछ । पोखरा रंगशालामा हुने खेल दिउसो ४ बजे हुनेछ ।

क्रिकेट :

पुरुष क्रिकेटमा शनिबार नेपालले बंगलादेशको यू-२३ टिमको सामना गर्नेछ । टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । अर्को खेलमा भुटान र माल्दिभ्स खेल्नेछ ।

महिला क्रिकेटमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपालले कास्य पदकको लागि माल्दिभ्ससंग खेल्न लागेको हो । खेल ११ बजे सुरु हुनेछ ।

सुटिङ :
सुटिङतर्फ शनिबार दुई खेल रहेको छ । सागको सातौ दिन दुई प्रतिस्पर्धामा फाइनल हुँदैछ । शनिबार र्यापिड फायर पेस्तोल तर्फ र यस्तै महिला एयर राईफल टिम मिक्सको फाइनल खेल रहेको छ ।

स्क्वास :

स्क्वासतर्फ शनिबार पुरुष तथा महिला तर्फको सेमिफाइनल खेल रहेको छ । महिलातर्फ भारत र पाकिस्तान भिड्दैछन् । पुरुषतर्फ दुबै सेमिफाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

जुडो :

जुडोको खेलको औपचारिक सुरुवात शनिबार हुँदैछ । तर, प्रतिस्पर्धाहरु भने आइतबारबाट सुरु हुनेछ ।

बक्सिङ :

बक्सिङमा शनिबार विभिन्न १४ खेलहरु हुनेछ । जसमा नेपालले ५ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।

एथ्लेटिक्स :

एथ्लेटिक्सतर्फ शुक्रबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा म्याराथन लगायतका खेल हुनेछ ।

भारोत्तोलन :

भारोत्तोलनमा शनिबार पनि विभिन्न स्पर्धा हुनेछ । भारोत्तोलन पोखरामा रहेको छ ।

ह्याण्डबल :

ह्याण्डबलमा शनिबार सेमिफाइनलको खेल हुनेछ । महिलाको सेमिफाइनलमा नेपाल र पाकिस्तान तथा भारत र बंगलादेश भिड्नेछन् ।

पुरुषतर्फ भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सेमिफाइनलमा पुगेका छन् ।

बास्केटबल :

बास्केटबलमा शनिबार पनि लिग चरणको खेल हुनेछ । महिलातर्फ दुई र पुरुषमा एक खेल हुनेछ ।

पुरुषमा श्रीलंका र भारतले खेल्दा महिलामा बंगलादेश र भुटान तथा श्रीलंका र भारतले खेल्ने छन् ।

यस्तै थ्री बाई थ्री बास्केटबलको पुरुषमा नेपालले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग खेल्नेछ ।

कब्बडी :

कब्बडीमा शनिबार पुरुषतर्फको विभिन्न चार खेल हुनेछ । जसमा नेपालले दुई खेलमा प्रतिस्पर्धा गर्नेछ । नेपालले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भारतसँग खेल्नेछ ।

आर्चरी :

आर्चरीमा शनिबार विभिन्न खेलहरु हुने छ । शनिबार टिमतर्फ सेमिफाइनलका खेलहरु र एकलतर्फ भने क्वाटरफाइनलका खेलहरु हुनेछ ।

स्क्वास :

स्क्वासतर्फ आज पुरुष तथा महिला तर्फको सेमिफाइनल खेल रहेको छ । महिलातर्फ भारत र पाकिस्तान भिड्दैछन् भने पुरुष तर्फ दुबै सेमिफाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

बिच भलिबल :

बिच भलिबलतर्फ शनिबार पनि महिला र पुरुष दुवै तर्फको लिग चरणमा खेलहरु हुनेछ । यस अघि शुक्रबार नेपालको महिला र पुरुषको दुवै टिमले जित निकालेको थियो ।

फेन्सिङ :
फेन्सिङको खेलहरु शनिबार पनि हुनेछ । शुक्रबार फेन्सिङमा भारतले तीन स्वर्ण जितेको थियो । शुक्रबार भारतले पुरुष इपी, पुरुष साबर र महिला फ्वेलमा स्वर्ण जितेको हो ।

टेनिस :

टेनिसमा शनिबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । शनिबार सेमिफाइनलको खेलहरु हुनेछ ।

कुस्ती :

कुस्तिको खेल जनकपुरमा शुक्रबार सुरु हुनेछ ।

साइक्लिङ :

साइक्लिङ अन्तर्गत शनिबार पनि विभिन्न खेल हुनेछ । साइक्लिङको इलाइट स्पर्धामा शनिबार पुरुषमा १ सय किलोमिटर तथा महिलामा ८० किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button