तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटनको प्रवद्र्धन गर्न फुटबल प्रतियोगिता


बर्दिया,गुलरिया । बर्दियाको बढैयाताल गाँउपालिकामा पालिका स्तरिय फुटबल खेल प्रतियोगिता हुने भएको छ । खेलकुद र पर्यटनको प्रवद्र्धन, बर्दियाको समर्पण भन्ने मुल नाराका साथ बढैयाताल गाँउपालिका वडा नम्बर ८ स्थीत नयाँबस्तीको फुटबल खेल मैदानमा २१ देिख मंसीर २८ गतेसम्म सञ्चालन हुने जनाइएको छ । .

आज पत्रकार सम्मेलन गरी जिल्ला स्तरमा खेलप्रति लगाब बढाउने, आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने, अन्तरपालिका स्तरिय समन्वय, सहकार्य, मित्रता र सद्भावको विकास गर्ने उद्धेश्यले प्रतियोगिताको अयोजना गरिएको कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष शुशिल चौधरीले बताउनुभयो ।

करीब पाँच लाख लगातमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाका आड वटै स्थानिय तहबाट आठ वटा पहिचानसहितको टिमलाई सहभागी गराइने, तथा बिजेता टिमलाई नगद पुरस्कारका साथै शिल्ड, प्रमाणपत्रको समेत व्यवस्था गरिएको चौधरीले बताउनुभयो ।

टिम सहभागीताका लागि गाउँपालिका वा नगरपालिकाको आधिकारीक पत्र ल्याउनु पर्ने, खेलाडी सोही पालिकाको स्थायी बसोबास गर्ने व्यक्ति हुुनु पर्ने चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button