तपाईँ सुन्दै हुनुहुन्छः

१३ औं साग गल्फ : १७ वर्षीय ठिटो सुवास तामाङले नेपालका लागि जिते २ स्वर्ण

काठमाडौं, २० मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत गल्फ खेलमा समेत नेपालले २ वटा स्वर्ण पदक जित्न सफल भएको छ ।

शुक्रबार गोकर्णस्थित गल्फ कोर्समा आयोजित खेलमा नेपाललाई १७ बर्षीय सुवास तामाङले टिम इभेन्ट्स र व्यक्तिगत स्पर्धामा गरी दुई स्वर्ण पदक दिलाएका हुन् ।

सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २७४ स्कोरसहित प्रथम स्थान हात पार्न सफल भए ।

यस्तै नेपालले टिम इभेन्टतर्फ पनि स्वर्ण पदक पक्का गरेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले प्रतिष्पर्धा गरेका थिए ।

सुवासले यो सफलतासहित गल्फको एकल र टिम इभेन्टमा स्वर्ण हासिल गर्दै कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास पनि बनाउन सफल भएका छन् ।

सुवासले स्वर्ण पदक हात पार्दा बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारे । फरहादले ६ अन्डर २ सय ८२ स्कोर जोडेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button