तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बीरगंज । रौतहटको हर्षाहा स्थित सडक खण्डमा गएराति मोटर साईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भिर घाइते भएका छन् ।

ना ४६ प ७०८१ नम्बरको मोटर साईकल र ना ४६ प १७ नम्बरको मोटरसाईकल एक आपसमा जुध्दा भएको दुर्घटनामा रौतहट सखुवाआका प्रमेश चौधरीको मृत्यु भएको र ना४६ प १७ नम्बरका चालक रविन्द्र साह सहित तीन जना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

घाइते तिनै जनाको चितवनको भरतपुर मेडिकल अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ । अत्याधिक मदिरा सेवनको कारण दुर्घटना भएको प्रहरीले दावी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button