तपाईँ सुन्दै हुनुहुन्छः

उसुमा नेपाललाई चार स्वर्ण : नेपालको हातमा ३० स्वर्णपदक (पदक तालिका सहित)

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नीमा घर्तीमगरले बिहीबार एक स्वर्ण पदक जितेकी छन् ।

उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् । नीमा सागमा उसुतर्फ लगातार दुई स्वर्ण जित्ने खेलाडी हुन् । यसअघि १२ औं सागमा उसुको थाउलोमा स्वर्ण जितेकी थिइन् । यससँगै जारी सागमा उसुमा नेपालले चार स्वर्णसहित कुल ३० स्वर्णपदक हात पारेकाे छ ।

बिहीबारै बिहान भएकाे उसुको प्रतिस्पर्धामा नेपालले २ वटा रजत पदक पनि जितेको छ । उसुको ताउसु कुन्सु अलराउन्डमा नेपाली खेलाडी विश्वबुद्ध मगरले तथा उसुको ताइती छ्वाङमा नेपालकी मीना घलानले रजत पदक जितका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button