तपाईँ सुन्दै हुनुहुन्छः

‘मठ मन्दिरलाई धार्मिक पर्यटनका रुपमा विकास गरिने’

प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेलले मुलुकमा रहेका मठ मन्दिर र सँस्कृतिको संरक्षण सबैको दायित्व भएको बताउनुभएको छ ।

काठमाडौंको मैतिदेवीस्थित वेणुगोपाल मन्दिरको पुनः निर्माणका लागि आयोजित श्रीमद् भागवत महायज्ञका अवसरमा आज मुख्यमन्त्री पौडेलले मठ मन्दिरलाई धार्मिक र आध्यात्मिक पर्यटनका रुपमा विकास गरिने जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले आध्यात्मिक चिन्तनले समाजको सकारात्मक रुपान्तरणमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

उहाँले धर्म भनेको विश्वास, आस्था र निष्ठाको विषय भएकाले धर्मसँग जोडिएको व्यथिति र विसंगतिलाई हटाउनु पर्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले आध्यात्म र राजनीति दुवैको उद्देश्य भनेको समाज रुपान्तरण नै हो भन्नुहुदै समाजलाई सव्य र सुसंस्कृत बनाउने कार्यमा आफ्नो सहयोग रहने बताउनुभयो ।

प्रदेश नम्बर ३ का प्रदेश सभासद दिपेन्द्र श्रेष्ठले व्यक्तिको आस्था र विश्वास जे भए पनि साँस्कृतिक एवं आध्यात्मिक धरोहरको संरक्षण सबैको दायित्व रहेको बताउनुभयो ।

मैतिदेवीमा दाता राम शोभा श्रेष्ठले दिनुभएको साँढे ४ रोपनी जमिनमा रहेको मन्दिर २०७२ को भुकम्पले क्षतिग्रस्त भए पछि २३ करोडको लागतमा मन्दिर निर्माण भइरहेको छ ।

मन्दिरमा गुरुकुल, जेष्ठ नागरिक विश्रामस्थल र गौशालासमेत निर्माण गरिने मन्दिरका अध्यक्ष एवं महन्थ यतिन्द्र रिसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button