२०७९ साल भदौ २ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बंगलादेशसँग १० विकेटले पराजित

रेडियो नेपाल २०७६ मंसिर १८ गते १२:२६

नेपाल बंगलादेशसँग १० विकेटले पराजित

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले  हार व्यहोरेको छ ।बुधबार पोखरा क्रिकेट रंगशालामा भएको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित हुन पुगेको हो ।

नेपालले दिएको ५० रनको झिनो लक्ष्य पछ्याएको बंगलादेशले मात्र ७.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो । बंगलादेशकी मुर्सिदा खातुन २१ र आयशा रहमानले १७ रनमा अविजित रहिन् ।यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर २ बलमा ५० रन बनाएको थियो ।

नेपालकी कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १३ रन बनाउँदा सोनु खड्काले १२ र इन्दु बर्माले १० रन जोडिन् । नेपालको ४ खेलाडी शुन्यमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बंगलादेशकी रबिया खानले ४ विकेट लिईन् ।

सम्बन्धित