तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा सुनचाँदी को भाउ यस्तो छ

काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार ४ सय रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ८ सयले बढ्दै ७२ हजार २ सय रुपैंयामा कारोबार भैरहेको छ ।

तेजाबी सुनको मूल्य पनि बढेको छ । आज प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला ८५० रुपैयाँमा कारोबार भैरहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button