तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् नहुँदा दुर्गम क्षेत्रमा कम्प्युटर शिक्षा कितावमै सीमित

संखुवासभा । जिल्लाको मकालु गाउँपालिका २ सेदुवाको हिमाद्रि माध्यमिक विद्यालयमा विद्युत् सेवा नहुँदा कम्प्युटर शिक्षा अधुरै भएको छ । विद्यार्थीलाई कम्प्युटर शिक्षाका लागि प्रशस्त ल्यापटप भए पनि सदुपयोग हुन सकेको छैन ।

हिमाद्रि माविमा कम्प्युटर कक्षा संचालनका ३० वटा ल्यापटप र दुई वटा डेस्कटप भए पनि दक्ष शिक्षक र विद्युत लाइन नहुँदा त्यसै थन्किएको विद्यालयका प्रधानाध्यापक प्रेमकुमार राईले जानकारी दिनुभयो ।

प्रअ राईले भन्नुभयो, ‘कम्प्युटर कक्षा संचालनका लागि प्रशस्त ल्यापटप छन् । तर कम्प्युटर कक्षा संचालनका लागि दक्ष शिक्षक र विद्युत् लाइन नहुँदा सदुपयोग हुन सकेको छैन ।’ विद्यालयमा कम्प्युटर विषय बढाइ हुने भए पनि प्रयोगात्मक दक्ष शिक्षक नहुदाँ त्यस्तै थन्किएको विद्यार्थीको गुनासो छ ।

दक्ष शिक्षक नहुँदा हामीलाई खोल्न र बन्द गर्न मात्र सिकाइने गरेको कक्षा ९ मा अध्ययरत छात्र दिपेन्द्र राईले गुनासो गरे । उनले भने “कम्प्युटरको प्रयोगात्मक कक्षा नहुँदा हामिलाई ल्यापटप खोल्न र बन्द गर्न मात्र सिकाइएको छ ” । विषय शिक्षक र विद्युत् लाइन नहुँदा कम्प्युटरको प्रयोगात्मक कक्षा प्रभावकारी नभएको विद्यार्थीको गुनासो छ ।

प्रयोगात्मक विषय शिक्षकले सैदान्तिक रुपमा पढाउने मात्र गर्दा पढ्नै गाह्रो हुने गरेको कक्षा ८ का विद्यार्थी आयुस राईले गुनोसो गरे । दक्ष शिक्षक नहुँदा प्रयोगात्मक विषयलाई सैद्धान्तिक रुपमा मात्र पढाइ हुँदा सिकाई शून्य रहेको आयुसको भनाइ छ । विद्यालयमा कम्प्युटर विषय राखिएको भए पनि प्रयोगात्मक नहुँदा कितावको भरमा मात्र पढ्न पर्ने कक्षा ८ मा अध्ययनरत राजकुमारी राईले बताइन् ।

प्रयोगात्मक शिक्षा लिनु पर्ने भए पनि कितावमा मात्र पढ्नु परेको उनको भनाइ छ । सोलर पावरको भरमा चल्ने भएका कारण उच्च हिमाली क्षेत्रमा एक दिन भन्दा बाढी घाम नलाग्न नहुदा ल्यापटपमा पनि चार्ज हुन समस्या भएको विद्यालयका प्रअ राईले गुनासो गर्नुभयो । पानी परेको बेला त चार्ज नपुगेर कुनै पनि ल्यापटप खुल्दैन प्रअ राईले भन्नुभयो ।

सोलार चार्ज नभएको समया विद्यार्थी कम्प्युटर प्रयोगशाला पुगेर त्यसै फर्कने गरेको प्रअ राईले बताउनुभयो । प्रयोगात्मक ज्ञान लिनुपर्ने विषयमा सैद्धान्तिक ज्ञान मात्र पाउनु विद्यार्थीको बाध्यता रहेको छ । विद्यालयमा कम्प्युटर विषय भए पनि विषय शिक्षकको अभाव भएको प्रअ प्रेमकुमार राईले बताउनुभयो । प्रअ राईले भन्नुभयो ‘अन्य विषय अध्यापन गराने शिक्षकले इन्ष्टिच्युट गएर केही दिन सिकेको भरमा पूरै कम्प्युटर विषय पढाउनु पर्ने बाध्यता रहेको छ ।’

दुर्गम भएकाले विद्युत लाइन विस्तार नहुँदा सौर्य बत्तीबाट विद्युतीय सामग्री प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । विद्यालयमा भएका सौर्य बत्तीले सबै ल्यापटप समेत चार्ज नहुँदा एक साथ प्रयोगात्मक कक्षा सञ्चालन गर्न समस्या भएको प्रधानाध्यापकले बताउनु भयो । कक्षा ६देखि ८ सम्मका विद्यार्थीलाई कम्प्युटर विषय पढाइने गरेको भए पनि प्रभावकारी रुपमा प्रयोगात्मक कक्षा भने सञ्चालन गर्न नसकिएको प्रअ राईको भनाई छ । विद्युत विस्तारका लागि स्थानीयको श्रमदानमा विद्युतका पोल र तार चार वर्ष पहिले नै सेदुवा र्पयाइएको भए पनि अहिलेसम्म विद्युत विस्तार हुन सकेको छैन ।

विद्यालयलाई कोरियाको कोम होङ्गील संस्थाले १९ वटा ल्यापटप निशुल्क उपलब्ध गराएको थियो । त्यसैगरी बाँकी ११ ल्यापटप र चार वटा डेस्कटप कम्प्युटर विद्यालय आफैँले खरिद गरेको विद्यालयले जनाएको छ । भोल्टेजका कारण दुई वटा डेस्कटप कम्प्युटर विग्रिएका छन् । सोलारको भरमा कम्प्युटर तथा ल्यापटप प्रयोग गर्नु पर्दा भोल्टेजका कारण चाँडो विग्रिएर मर्मत गर्नु पर्ने बाध्यता रहेको छ । विग्रिएका कम्प्युटर मर्मतका लागि लैजाँदा मर्मत गर्ने खर्च ढुवानी मै खर्च हुने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button