तपाईँ सुन्दै हुनुहुन्छः

दलित पत्रकारद्वारा बजेटबारे स्थानीय सरकारसँग छलफल गर्ने

काठमाडौँ-राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल काठमाडौँ उपत्यका समन्वय कमिटीले नीति तथा कार्यक्रम र बजेटमा दलित समुदाय विषयमा स्थानीय सरकारसँग बहस सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ उपत्यका समन्वय कमिटीका अध्यक्ष सुशील दर्नालको अध्यक्षतामा मङ्गलबार काठमाडौँमा सम्पन्न बैठकले स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा दलित समुदायलाई समेत समावेश गराउने उद्देश्यले कम्तीमा महिनामा एक दिन स्थानीय तहका प्रतिनिधिहरुसँग छलफल अगाडि बढाउने निर्णय गरेको हो । सङ्घ देशभर क्रियाशील करिब एक हजार २०० दलित समुदायका पत्रकारको छाता सङ्गठन हो ।

बैठकले सङ्घ गठनबारे स्थानीय सरकारलाई जानकारी गराउनाका साथै दलित समुदायका पत्रकारहरुको क्षमता विकासका लागि स्थानीय सरकारसँग समन्वय गर्नेसमेत निणर्य गरेको छ । बैठकका निणर्यबारे जानकारी दिँदै काठमाडौँ उपत्यका समन्वय कमिटीका सचिव सन्दीप विश्वकर्माले उपत्यका समन्वय कमिटीको कार्यालय स्थापना गर्नका लागि पहल गर्ने र सङ्घको सदस्यताका लागि केन्द्रसँग रसिद र फारामसमेत माग गर्ने निर्णय गरेको छ ।

दलित समुदायका पत्रकारहरुलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि विसं २०७६ मा स्थापना भएको सङ्घले दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने दलित नेताहरुको नाममा पत्रकारिता पुरस्कारसमेत स्थापना गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष तथा संविधानसभाका सभासद् विनोद पहाडी, महासचिव लक्ष्मण दर्नाल, सचिव सन्तोष गन्धर्व र केन्द्रीय सदस्य बुद्धि विश्वकर्माको विशेष उपस्थितिमा बसेको सो बैठकले पत्रकार विन्दु गहतराज र सपना परियारलाई कार्यसमितिमा चयन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button