तपाईँ सुन्दै हुनुहुन्छः

‘पत्रकारलाई आर्थिक नभइ नैतिक कारवाही गर्नुपर्ने’

जलेश्वर। नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई आर्थिक नभइ नैतिक कारवाही गर्न सिफारिस गरिएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ महोत्तरीको संयोजन र प्रेस काउन्सिल नेपालको आयोजनामा आज बर्दिवासमा पत्रकार आचारसंहिता जागरण कार्यक्रम २०७६ लाई सम्बोधन गर्नुहुँदै उहाँले आचारसंहिता उल्लङ्घन गरेर पत्रकारिता गर्ने पत्रकारलाई तीन पटकसम्म चेतावनी दिने र त्यसपछि पनि आचारसंहिता उल्लङ्घन गर्ने पत्रकारलाई कालोसूचीमा हाल्ने तथा नेपाल पत्रकार महासङ्घले साधारण सदस्यतासमेत रद्द गर्ने कारवाही गरिने सिफारिस गरिएको बताउनुभयो ।

उहाँले आर्थिक रुपमा भन्दा नैतिक रुपले नै त्यस्ता पत्रकारलाई कारवाही गरिने व्यवस्था लागू गर्न पत्रकार महासङ्घ अग्रसर रहेको र त्यसै अनुरुप सरकारले व्यवस्था गर्ने विश्वास समेत दिलाउनुभयो । जिल्लाका करीब चार दर्जन पत्रकार सहभागी रहेको सो कार्यक्रममा अध्यक्ष आचार्यले पत्रकारका अन्य समस्या, गुनासा र जिज्ञासाको जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button