तपाईँ सुन्दै हुनुहुन्छः

१३ औं साग : दीपेन्द्रको उत्कृष्ट व्याटिङमा श्रीलंकालाई १७३ रनको लक्ष्य

काठमाडौं । १३औं सागको क्रिकेटमा नेपाल र श्रीलंकाबीच मंगलबार भएको खेलमा नेपालले यू–१३ टोलीसामू १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले उपकप्तान दीपेन्द्र सिंह ऐरीको उकृष्ट ब्याटिङको मद्धतमा १७२ रन बनायो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर सो लक्ष्य प्रस्तुत गरेको हो । आजको खेलमा पारस खड्का जम्न सकेनन् । नेपालको स्कोर २ रन हुँदा पारस व्यक्तिगत एक रनमा आउट भए ।

यस्तै, आरिफ शेख १९ र कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए ।

उपकप्तान दीपेन्द्र सिंह ऐरीले विनोद भण्डारीसँग मिलेर तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे । भण्डारी २१ रनमा आउट भए । त्यसपछि आए पवन शर्राफ । उनीसँग ६२ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । पवन १३ बलमा २२ रन बनाएर आउट हुँदा दीपेन्द्र ७२ रनमा अविजित रहे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button